• ३२ जेठ २०८१, शुक्रबार

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

blog

उपाधि जितेपछि युभेन्ट्सका खेलाडी । तस्बिर : रोयटर्स

काठमाडौँ, जेठ ३ गते । कोपा इटालिया कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ ।

ओलम्पिको रङ्गशालामा बुधबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली एटलान्टलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

युभेन्ट्सलाई जिताउन डुसान भ्लाहोभिचले खेल सुरु भएको चौथो मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । युभेन्ट्सको यो १५औँ कोपा इटालिया उपाधि हो । एजेन्सी