• २ असार २०८१, आइतबार

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

blog

फाइल तस्बिर

पाटन (ललितपुर), जेठ गते । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।

उपाधि विजेता काठमाडौँ महानगरपालिकाले प्रथम पुरस्कार पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख प्राप्त गरेका छन् । गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षातका कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले बताउनुभयो । 

गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयरकप फुटबल प्रतियोगिता भएको थियो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए । रासस