• २ असार २०८१, आइतबार

तस्बिरमा सांसदहरूले भरिएको संयुक्त सङ्घीय सदन

blog

मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय सदनमा सहभागी सांसदहरू । तस्बिर : केशब गुरुङ र सभामुखको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १५ गते । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते सङ्घीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको छ । सो अवसरमा सदनमा सांसदहरूको उपस्थिति सघन रहेको छ । यसअघि सदन बैठकमा सांसदहरूको उपस्थिति पातलो गरी रहँदैआएको थियो ।