• ६ असार २०८१, बिहिबार

बजेट उत्साहित हुने खालको छैन : कांग्रेस

blog

कांग्रेस प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत बजेट आमजनता उत्साहित हुने खालको नरहेको प्रतिक्रिया दिएको छ ।

प्रस्तुत बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले यो बजेटले जे कुरा बोलेको छ, त्यो पूरा हुँदैन भन्नुभयो । उहाँले बजेटमा सम्बोधन गर्नुपर्ने विषय प्राथमिकीकरण नभएको तथा बजेटमा लामो समयदेखिको विकृतिलाई अन्त्य गर्ने कार्ययोजना पनि नरहेको बताउनुभयो ।  

सरकारले आगामी आवका लागि कूल खर्च १८ अर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड तथा वित्तीयतर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रहेको अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटमा उल्लेख छ । रासस