• ६ असार २०८१, बिहिबार

कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, जेठ १६ गते। भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै बुधबार दिउँसो १६:३० बजेको समयमा अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा परी पहिचान नखुलेको एक पुरुष र एक बालिकाको मृत्यु भएको जानकारी दिनुभयो।  

सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार पहिचान नखुलेको दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार उपचारका लागि पठाएको थियो। 

घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको छ।