• २ असार २०८१, आइतबार

नेपाल भारत प्राज्ञिक सोध अवधारणा बारे छलफल

blog

छलफलमा सहभागी विज्ञ ।

काठमाडौँ, जेठ १६ गते। नेपाल र भारतका विश्वविद्यालयमा अध्ययनरत प्राज्ञिक क्षेत्रका विद्धानले खोज तथा अनुसन्धानमा आधारित सोध अवधारणा बारे छलफल गरेका छन्।बुधबारेदेखि काठमाडौँमा सुरु भएको ‘शैक्षिक विषयमा सोधको अवधारणा राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ’ नेपाल भारतका विभिन्न विषयका प्राज्ञिक छलफल भएको हो ।

नेपाल सांस्कृतिक विश्वविद्यालय अनुसन्धान केन्द्र, स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास, हिन्दी शोधार्थी सङ्घ भारत र प्रज्ञा हिन्दी सवार्थ संस्थान ट्रस्ट भारतको संयुक्त आयोजनामा बुधबार र बिहीबार दुईदिनसम्म अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरिएको हो।

उक्त गोष्ठीको उद्घाटनसत्रलाई लिखित मन्तव्यद्वारा सम्बोधन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रकाश लामिछानेले धेरै जसो विश्वविद्यालयमा उत्कृष्ट अनुसन्धान संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गर्नुभयो।

उहाँले पछिल्लो समय प्राज्ञिक क्षेत्रमा जनशक्ति थपिँदै जानु सुखद भएको बताउँदै उहाँले यस्ता खालका दुई देशीय अन्तर्क्रिया कार्यक्रमले दायरा फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो।“नेपाल भारतबिच सदिऔंदेखि अध्ययन, अनुसन्धान र  प्राज्ञिक अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्यमा सहकार्य हुँदै आएको छ।दुवै देशको विश्वविद्यालय र अध्येताको सहकार्यमा भएका प्राज्ञिक गतिविधि प्रशंसनीय छन्” उहाँले भन्नुभयो।

नेपाल संस्कृति विश्वविद्यालयका रजिस्टार माधवप्रसाद अधिकारीले एक देशको खोज अनुसन्धानले अर्को देशलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।“अहिले अनुसन्धान क्षेत्रका विविध पाटाका विषयमा छलफल हुने छन्।त्यसबाट निस्कने निष्कर्ष भोलिका दिनमा भारत र नेपालका विश्वविद्यालयमा सहकार्य हुन सकोस्।खोज अनुसन्धान अनुसन्धानको क्षेत्रमा अझै मिलेर जाने वातावरण बनोस् भन्ने छ” उहाँले भन्नुभयो ।

विश्वविद्यालय अनुसन्धान आयोगका अनुसन्धान निर्देशक लालप्रसाद अमगाईले खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा नेपाल भारत दुवैतिरका विश्वविद्यालयसँग सहकार्य गरेर जान सकिने बताउनुभयो।उहाँले नेपालका धेरै जसो विश्वविद्यालयमा खोज अनुसन्धान गर्न बजेटको व्यवस्था गरेकाले नतिजा राम्रो निस्कने उल्लेख गर्नुभयो।

यस्तै स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र भारतीय दूतावासका निर्देशक डा.आशावरी बापतले एक देशको भाषाले अर्को देशको अनुभव आदान प्रदान गर्नुका साथै धेरै विषयमा सिक्ने अवसर मिल्ने बताउनुभयो।

उहाँले यस्ता कार्य खालका प्राज्ञिक गोष्ठी मार्फत दुवै देशका विश्वविद्यालयलाई लाभ प्राप्त हुने चर्चा गर्नुभयो।हिन्दी शोधार्थी सङ्घ सचिव कृष्णकुमार कनकले भारत वर्ष ज्ञानको भण्डार भएकाले त्यसबाट धेरैले सिक्नुपर्ने बताउनुभयो ।