• ६ असार २०८१, बिहिबार

नदीमा बेपता किशोरको शव भेटियो

blog

स्थानीय तिला नदी । तस्वीरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ १७ गते । तिला नदीमा बेपता भएका किशोरको शव भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका –६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोर मङ्गलवार बेपत्ता हुनुभएको थियो । उहाँको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।  

तिलागुफा नगरपालिका –७ घर भइ हाल वडा ६ को गाल्जे बजारमा होटल व्यावसाय गरी बस्ने रुपकौडा बमका अन्दाजी १५ वर्षीय छोरा हिक्मत बम बेपत्ता हुनुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले तीन दिनसम्म लगातार खोजिपछि नदीमा किशोरको शव भेटिएकोे बताउनुभयो । किशोर खोजीका लागि खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोलीसहित जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली खटाइएको थियो । 

नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा  सात जनाको टोली गरी जम्मा सुरक्षा निकायका १९ जनासहित स्थानीयले खोजी गरेपछि आज बिहान शव भेटिएको प्रहरीको भनाइ छ ।