• ६ असार २०८१, बिहिबार

गोरखापत्रकर्मी खान सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदे गोरखापत्रकर्मी सिराज खान।

नेपालगन्ज, जेठ १७ गते। गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको हिन्दी पत्रकारिता दिवसको अवसरमा भारतको बहराईचमा सम्मानित गरिएको छ।

हिन्दी पत्रकारिता दिवस २०२४ को अवसरमा कलाम फाउन्डेसन र उत्तर प्रदेश जिला मान्यता प्राप्त एसोसिएसन देविपाटन मण्डलले भारतको बहराईचमा बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा समाचारदाता खानलाई सम्मान गरेको हो।

उक्त अवसरमा जनमत अर्ध साप्ताहिकका सम्पादक पुर्णलाल चुकेलाई पनि सम्मान गरिएको छ।  पत्रकार चुके काम विशेषले काठमाडौँमा रहेकोले कार्यक्रममा उपस्थित हुन सक्नुभएन।

सम्मानित पत्रकारलाई भारतको प्रेस काउन्सिलका पूर्व सदस्य रजा हुसैन रिजवी र हिन्दुस्तान दैनिकका वरिष्ठ पत्रकार भागवत शुक्ला र उत्तर प्रदेश जिल्ला मान्यता प्राप्त एसोसिएसन देविपाटन मण्डलका अध्यक्ष सैय्यद शादाब हुसैनले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो।

सो अवसरमा हिन्दी पत्रकारिताको अवस्था विकास र चुनौतीका बारेमा डेढ दर्जन बढी पत्रकारले आआफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा सहभागी अधिकांश पत्रकारले निर्भीक र निष्पक्ष पत्रकारितामा जोड दिनुभएको थियो।