• ६ साउन २०८१, आइतबार

हेटौँडामा पुरुष मृत फेला

blog

अनिल पराजुली
हेटौँडा, असार ११ गते ।
 हेटौँडामा मङ्गलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित पुरानो मकवानपुर रोडमा एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  मृत फेला पर्नेमा स्थानीय  ५४ वर्षीय रामेश्वर श्रेष्ठ रहेका छन् ।

घरमा एक्लै बस्दै आइरहेका श्रेष्ठ मङ्गलबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा आफ्नै घरको शौचालयमा मृत अवस्था रहेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

श्रेष्ठको शव मुचुल्का पश्चात् पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।