• २५ भदौ २०८१, मङ्गलबार

दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, साउन १८ गते । चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भ हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरा महानगरपालिकाका कर्मचरी सब–इन्जिनियर उषा किरण रोकायसमेत भएको घुस लि भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धान हुँदा सो भ्रष्टाचार पुष्टि भएको हो ।

निजहरु तिवारी र पौडेलले पोखरा महानगरपालिका वडा नं. १० मा निर्माण भएको घरको सम्पन्न प्रमाणपत्र प्राप्त गर्न प्रतिवादीहरु शिवप्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरलाई तीन लाख ५० हजार रुपियाँ घुस दिएको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध जरिवानासहित जफत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।