• २८ भदौ २०८१, शुक्रबार

तस्बिरमा हेलिकप्टर दुर्घटनास्थल : उद्धारमा स्थानीय र प्रहरी

blog

तस्बिर सौजन्य : नेपाल प्रहरी

काठमाडौँ, साउन २३ गते । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट पाँच वटा शव निकालिएको छ ।

एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । चार चिनियाँ नागरिक र क्याप्टेन अरुण मल्लको दुर्घटनामा मृत्यु भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो ।

हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । 

यो पनि पढ्नुहोस

उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो

दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयले आगो निभाएर शव निकालेको डिएसपी भारतीको भनाइ छ । 


तस्बिर सौजन्य : नेपाल प्रहरी