• १९ असोज २०८१, शनिबार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

blog

राधा लुइटेल

फिदिम, भदौ ४ गते । एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि पाँचथर प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्वदेवी मावि पिपलबोटेका शिक्षक राजकुमार नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिनभयो ।

शिक्षक नेम्वाङले फिदिम नगरपालिका १ सुन्तली चोकमा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।

नेम्वाङले आइतबार राति आफूलाई जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दर्ता गराउनुभएको थियो ।

सोही उजुरीका आधारमा नेम्वाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेम्वाङ उपर अनुसन्धान सुरु गर्नुका साथै बालिकाको उपचार भइरहेको बताइएको छ ।