• २० असोज २०८१, आइतबार

स्याँलेखोलामा पुल निर्माण

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, भदौ २१ गते  । सुनकोशी गाउँपालिका–४, स्याँलेखोलामा पुल निर्माण भएको छ । सुनकोशी गापा–४ का वडा सदस्य राजु खड्काका अनुसार सुनकोशी गाउँपालिकाको १४ लाख रुपियाँमा पुल निर्माण भएको हो । 

चौतारा साँगाचोकगढी नगरपालिकाको च्याने हँुदै उक्त पुलबाट सुनकोशी गाउँपालिका वडा नं. ३ र ४ मा यातायातका साधन सञ्चालन भइरहेको छ । जामिरे यमुना र कालिका जोड्ने गरी सो पुल निर्माण भएपछि बर्खायामको बाढीमा पनि च्याने हँुदै यमुनाडाँडा, सुनखानी, भोटेयमुना, भन्ज्याङ, बाफल, लिसङ्खुपाखर गाउँपालिका हुँदै दोलखा पुग्न सकिने वडा सदस्य खड्काले बताउनुभयो । पुल नहुँदा यमुनाडाँडा, भिरकुले, बुढाथोकी गाउँका बासिन्दालाई काठको फड्केबाट आउजाउ गर्नुपर्ने बाध्यता थियो ।