• २५ असोज २०८१, शुक्रबार

बिपी जयन्तीमा खुला म्याराथन

blog

श्याम शंकर पाण्डे

लुम्बिनी, भदौ २४ गते । भैरहवामा खुला म्याराथनको उपाधि धनु मानन्धरले जित्नुभएको छ । १११ औँ बिपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस, रुपन्देहीले सोमबार भैरहवामा खुला म्याराथन आयोजना गरेको हो । 

पाँच किलोमिटरको दौड मानन्धरले १५ मिनेट ५२ सेकेन्डमा पूरा  गर्नुभयो।  त्यस्तै रुपन्देही गैडहवा गाउँपालिकाका उमेश बरईले १६ मिनेट ४ सेकेन्ड र रुपन्देहीकै सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो बन्नुभएको छ । मनोज केवटले सान्त्वना पुरस्कार जित्नुभयो ।

महिलातर्फ कालीभक्त गणकी सरिता कुमारी बस्नेत २१ मिनेट २९.४४ सेकेन्डमा पूरा गर्दै प्रथम हुनुभयो । कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेन्डमा उक्त दूरी पार गर्नुभयो । बिपना केसीले २१ मिनेट ४४ सेकेन्ड दूरी पार गर्दै तेस्रो हुनुभयो भने विन्दु थापाले सान्त्वना पुरस्कार जित्नुभयो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको हो ।


प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई पाँच हजार, तेस्रोलाई तीन हजार नगदसहित मेडल प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना हुनेलाई एक हजार पाँच नगदसहित मेडल प्रदान गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । 

विजयी धावकलाई कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक गद्दी, रुपन्देही सभापति रामकृष्ण खाण, कार्यक्रम संयोजक ओमकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

प्रतियोगितामा  करिब चार सय ५० जनाको सहभागिता रहेको  थियो ।