• २५ असोज २०८१, शुक्रबार

मनकामना केबुलकार असोजबाट सञ्चालनमा आउने

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ २६ गते । मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रूपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याउन लागेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो । 

उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो । 

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको मनकामना केबलकार प्रालिले जनाएको छ । 

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई मध्यनजर गर्दै अस्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरूबाट डिजिटल प्राणीलामा रुपान्तरण गर्ने कार्य सम्पन्न भई परीक्षण समेत भइसकेको कम्पनीले जनाएको छ । 

२ महिना लामो केबुलकार बन्दले दर्शनार्थीलाई परेको असुविधाप्रति मनकामना केबुलकारले क्षमायाचन समेत गरेको छ ।