• २६ असोज २०८१, शनिबार

वडा सदस्य नेपाली पदमुक्त

blog

गुल्मी समाचारदाता

गुल्मी, भदौ २८ गते । गुल्मीको छत्रकोट गाउँपालिकाकी एक दलित महिला सदस्य पदमुक्त हुनुभएको छ । यस गाउँपालिकाको वडा नम्बर ५, खज्र्याङको वडा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित दलित महिला सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त हुनुभएको हो । कांग्रेसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित नेपाली नेकपा (एमाले) मा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको सभापति खिलध्वज पन्थीले बताउनुभयो । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित अन्य दलमा प्रवेश गरेको भनी आयोगमा आएको जानकारी अनुसार निर्वाचन आयोगको भदौ २५ गतेको निर्णयबाट उहाँलाई पदमुक्त गरिएको छ । 

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) र (३) बमोजिम नेपालीको पद खाली भएको आयोगले जनाएको छ ।