• २६ मंसिर २०८१, बुधबार

‘खेलकुदको बिकास प्राथमिकताका साथ गर्छौं’

blog

प्रतियोगिता उदघाटनको क्रममा आफ्नो धारणा राख्नुहुँदै मन्त्री काफ्ले ।

सुजन काफ्ले

चरीकोट, कात्तिक २३ गते । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको बिकास प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ । 

शुक्रबार दोलखा सदरमुकाम चरिकोटको टुँडिखेलमा सुरु भएको भिमेश्वर नगरपालिका अन्तरविद्यालयस्तरीय छैठौं रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ को उदघााटन गर्दै मन्त्री काफ्लेले सो कुरा बताउनुभएको हो ।

मन्त्री काफ्लेले खेलकुद जगतमा नेपालले उत्कृष्ट खेल खेल्दै आएको बताउँदै खेल क्षेत्रको बिकास गरी खेलाडिको प्रोत्साहन गर्ने बताउनुभयो । चरिकोटमा निर्माणाधीन रंगशाला स्वर्गीय नेता भिमबहादुर तामाङले निर्माण सुरु गरेको बताउँदै उहाँले निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिने बताउनुभयो ।

अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउँदै काफ्लेले शिक्षामा परिवर्तन भए मात्र देशको परिवर्तन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको छ । खेल क्षेत्रको बिकासमा राज्यले विशेष ध्यान दिनुपर्छ । विद्यार्थीलाई शिक्षा सँगसँगै खेलुकुद क्षेत्रमा पनि बिकसित हुनुपर्छ ।’

मन्त्री काफ्लेले खेलकुदमा नेपालले फड्को मारेको बताउँदै हाम्रा खेलाडिले समेत देश बिदेशमा खेल जित्दै आएको उहाँको भनाइ छ । मन्त्री काफ्लेले भन्नुभयो ‘नेपाली युवालाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनु पर्छ । नेपाली युवालाई मुलुकभित्र भविष्य खोज्ने वातवरण बनाउनु नै मुख्य चुनौती हो ।’