• २३ मंसिर २०८१, आइतबार

पुरस्कार प्रदान

blog

काठमाडौँ, कात्तिक २९ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीमा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नियात्राकार घनश्याम राजकर्णिकारलाई देवकोटा नियात्रा सम्मान, आख्यानकार र गायिका पद्मावती सिंहलाई देवकोटा गीतकार सम्मान, कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठलाई देवकोटा कलाकारिता सम्मान, साहित्यकार र सूचना आयोगका आयुक्त कमला ओलीलाई बाल साहित्य र समाजसेवा सम्मान र डायस्पोरामा सक्रिय विनोद स्पन्दनलाई देवकोटा साहित्य पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि चत्रचित्रकर्मी प्रकाश सायमिले नेपाली साहित्यलाई विश्वमा पु¥याउन गर्नुभएको प्रयासलाई बुझेर उहाँलाई विश्वमा चिनाउने कार्यमा लागेमा मात्र उहाँप्रतिको सच्चा सम्मान हुने बताउनुभयो । साहित्यकार रेणुका भट्टराई ‘मञ्जरी’ ले झ्याउरे छन्दमा महाकविका बारेमा लेखिएको कविता वाचन गर्नुभएको थियो । त्यस्तै महाकविका रचना, गीत, कविता विभिन्न स्रष्टाले प्रस्तुत गर्नुभएको गर्नुभएको थियो । इन्दिरा ढकाल, मथुरा प्रधान, कमला रिसालले महाकविका रचनालाई गाउनुभएको थियो भने कवि मुरारी सिग्देलले महाकविको ‘भिखारी’ कविता वाचन गर्नुभएको थियो ।