• २९ माघ २०८१, मङ्गलबार

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

blog

कलैया (बारा), माघ  ४ गते ।  बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । 

जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । 

उक्त क्षेत्रफल जगामा किसानले विभिन्न जातका आलुखेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव नौ प्रतिशतले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका  ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महराले बताउनुभयो । रासस