• ९ वैशाख २०८१, आइतबार

प्रतिनिधि सभामा आलेको ह्याट्रिक

blog

धनगढी, मङ्सिर ८ गते । डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा ( एकीकृत समाजवादी )का उम्मेदवार ५१ वर्षीय प्रेमबहादुर आले निर्वाचित भएका हुनु भएको छ । 

बिहीबार बिहान मतगणना सम्पन्न हुँदा पूर्वमन्त्री समेत रहनु भएका आले डोटीबाट लगातार तेस्रो पटक निर्वाचित हुनु भएको हो । आले २०७० र २०७४ मा नेकपा (एमाले) को उम्मेदवारको रूपमा विजयी हुनु भएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले नेकपा (एमाले) की उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराउनु भएको छ ।

आलेले २७ हजार २१० मत प्राप्त गर्दा  ओलीले २३ हजार चार मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९, राप्रपाका अङ्कबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाउनुभयो । 


Author

प्रकाशविक्रम शाह