• ९ फागुन २०८०, बुधबार

चितवन २ (क) एमाले र ३(क) मा राप्रपा विजयी

blog

भरतपुर, मङ्सिर ८ गते । बागमती  प्रदेश सभा तर्फ चितवन २ (क) वाट नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार पाँच सय मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका घनश्याम दाहालले १५ हजार तीन सय मत प्राप्त गर्नुभएको छ ।  दाहाल यस अघि सोही क्षेत्रको प्रदेश सांसद हुनुहुन्थ्यो भने निर्वाचित सिलवाल यस अघि इच्छा कामना गाउँ पालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो । 

यस्तै  क्षेत्र नम्बर ३ (क) बागमती प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरिबहादुर तामाङ निर्वाचित हुनुभएको छ । जनजातिको बाहुल्यता भएको यो क्षेत्रमा तामाङले १७ हजार ८१३ मतका साथ निर्वाचित हुनुभएको हो । 

तामाङको निकटतम प्रतिस्पर्धीमा नेपाली काँग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरे हुनुहुन्छ । उहाँले १४ हजार ९६ मत प्राप्त गर्नुभएको बताइन्छ । घिमिरेलाई लोक वाम गठबन्धनकै सहयोग थियो ।

तामाङको निर्वाचनको मतगणना सकिए पनि आधिकारिक रूपमा निर्वाचन कार्यालयले भने घोषणा गर्न बाकी छ ।   

Author

वसन्त पराजुली