• ९ फागुन २०८०, बुधबार

रुपन्देही २ (क) मा एमालेका गिरी दोस्रो पटक निर्वाचित

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर ८ गते । रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका लीला गिरी निर्वाचित दोस्रो पटक हुनुभएको छ । गिरीले १७ हजार ६३२ मत प्राप्त गरेर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका युवा नेता दीर्घ बहादुर केसीले १४ हजार ९९८ मत पाउनुभयो ।

यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित गिरीले एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दाबेदारी दिने चुनावी प्रचारमा भनिएको थियो ।