• ३० असार २०८१, आइतबार

सिन्धुपाल्चोक २ (ख) मा कांग्रेसका तामाङ विजयी

blog

सन्तोष सिग्देल

सिन्धुपाल्चोक, मङ्सिर ९ गते । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ। नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्दै उहाँ विजय हुनुभएको हो ।

तामाङले १७ हजार ७ सय ५८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी पण्डितले १६ हजार २ सय ५३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो ।