• ९ फागुन २०८०, बुधबार

कैलाली २ (क) मा कांग्रेसका शाह विजयी

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, मङ्सिर ९ गते । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा क बाट नेपाली कांग्रेसका उम्मेदवार कमलबहादुर शाह विजयी हुनुभएको छ ।

बिहीबार राति सम्पन्न मतगणना अनुसार शाहले १० हजार ४३३ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार ७७५ र नेकपा एमालेका कमलाकुमारी ओलीले आठ हजार ८२ मत पाउनु भएको निर्वाचन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिनुभएको छ ।