• १३ वैशाख २०८१, बिहिबार

धादिङ १ मा समाजवादीका पाण्डे विजयी

blog

मुरारी अधिकारी

धादिङ, मङ्सिर ९ गते । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई सात हजार नौ सय ८१ मत अन्तरले पराजित गर्नुभएको हो ।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार नौ सय ३४ मत पाए भने एमालेका त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गर्नुभएको थियो । पराजित त्रिपाठी यस अगाडि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।