• १७ जेठ २०८१, बिहिबार

कैलाली ५ (ख) कांग्रेसका देउवा विजयी

blog

अविनाश चौधरी

धनगढी, ९ मङ्सिर । नेपाली कांग्रेसका प्रकाश देउवा प्रदेश सभा सदस्यमा विजयी हुनु भएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ (ख) बाट उहाँ प्रदेश सभा सदस्यमा विजयी हुनु भएको हो ।  

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले नौ हजार ५९१ मत प्राप्त गरी जित हासिल गर्नु भएको छ । देउवाको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दुर्गा जोशीले छ हजार ३५१ मत प्राप्त गर्नुभयो । आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई तीन हजार २४० मतान्तरले पराजित गरी काँग्रेसका देउवा प्रदेश सभा सदस्यमा विजयी हुनु भएको हो । 

नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गर्नुभयो । 

जम्मा २८ हजार ४८३ मत खसेकोमा २७ हजार २१४ मत सदर र एक हजार २६९ मत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।