• ९ फागुन २०८०, बुधबार

घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका विश्वकर्मा विजयी

blog

पविता पौडेल 

सैनामैना, मङ्सिर १० गते । रुपन्देहीको १ मा नेकपा (एमाले)का छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसालभन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याउनुभएको छ । भुसालले २१ हजार ३०८ मत ल्याउनुभएको छ।