• १७ जेठ २०८१, बिहिबार

हुम्ला [ख] बाट शाही निर्वाचित

blog

राजन रावत

हुम्ला, मङ्सिर १० गते । जीवनबहादुर शाहीले दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । शाही हुम्ला ख बाट निर्वाचित हुनुभएको छ ।

उहाँले सात हजार ५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छक्कबहादुर लामाले दुई हजार ९७९ मत प्राप्त गर्नुभएको छ । त्यसैसरि राप्रपाका नैनसिंह रावतले ९८ मत, राप्रपा नेपालका सुमन रावतले २१ मत र जनता समाजवादी पार्टीका बलिराज शाहीले ४१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको मतमध्ये ११९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त प्रदेशमा दश हजार ३१४ मत खसेको छ ।  मुख्यमन्त्री शाही उक्त प्रदेशमा दोस्रो पटक निर्वाचित हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा पनि उहाँ यसै प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।