• १७ जेठ २०८१, बिहिबार

सप्तरी ४ मा कांग्रेसका चौधरी निर्वाचित

blog

धीरेन्द्र प्रसाद साह

जनकपुर, मङ्सिर १० गते । सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।

निर्वाचित चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका बाल किशोर यादव १७ हजार ९७७ मत प्राप्त गर्नु भएको छ । कूल ६३ हजार ९९२ मत खसेको थियो। त्यसमध्ये पाँच हजार १०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।