• १४ माघ २०७९, शनिबार

सत्यमोहन ! (कविता)

blog

हीराजस्तै चम्कियो

उसको अमूल्य यात्रा

उसको मृत्युमा

मृत्यु पनि मुस्कुरायो

 

देश विदेश जहाँ पुगे पनि

उसको हृदयमा नेपाल हुन्थ्यो

चीन पुगेर वैभव हैन अरनिको खोज्यो

अनकन्टार जुम्ला पुगेर

संस्कृतिलाई उज्यायो

लमजुङ पुगेर लोक संस्कृति चम्कायो

पुरातत्व पुगेर देशकै उचाइ बढायो

उसको मृत्युमा

मृत्यु पनि मुस्कुरायो ।

 

कसैलाई जित्ने चक्रव्यूह रचेन

मान, सम्मानले चुलिँदा पनि

विनम्रताले झुकेको उसको जीवन

तेरो मेरो तुच्छ चेतबाट उठेको

म, मैले,म ेरो अहङ्कारबाट उठेको

हिराजस्तै चम्कियो

उसको अमूल्य यात्रा

उसको मृत्युमा

मृत्यु पनि मुस्कुरायो  ।

 

जागिरले जागिरे बनाएन

त्यहीँबाट उठ्यो शिखर

नेपाली अनुभव अनुभूति खोज्दै

आज बनेको छ ऊ सच्चा विभूति

सादा खानपान, सादा जीवन

सडक पैताला उसको जीवन

लट्ठी चस्मा सहयोगीबिना

उत्सवमय शताब्दी पुरुष

निमेष निमेष सिर्जनात्मक जीवन

सत्यको सगरमाथालाई

म किन नचढाऊँ

चन्द्र सूर्यको श्रदाञ्जली 

हारर्दिक श्रदाञ्जली । 


चनपा १५, तीनथाना