• ९ वैशाख २०८१, आइतबार

अटोइम्युन इन्सेलाइटिस

blog

मानव मस्तिष्कसम्बन्धी एक रोग हो अटोइम्युन इन्सेफ्लाइटिस (Autoimmune Encephalitis) । यो रोगको नाम दुई शब्दबाट बनेको छ, अटोइम्युन  (Autoimmune)  र इन्सेफ्लाइटिस -(Encephalitis)। अटोइम्युन एक मेडिकल शब्द हो, जुन आफैँमा दुईवटा शब्द मिलेर बनेको छ, अटो र इम्युन । अटोको अर्थ हुन्छ स्वतः अथवा स्वचालित र इम्युनको अर्थ हुन्छ शरीरको रोगसँग लड्ने प्रक्रिया अथवा क्षमता । तसर्थ अटोइम्युनको अर्थ हुन्छ स्वतः रूपमा शरीरको कुनै सामान्य र स्वस्थ अङ्ग अथवा तन्तुका विरुद्धमा आफ्नै शरीरको रोगसँग लड्ने क्षमताले काम गर्नु भन्ने बुझिन्छ । 

मानव शरीरमा अटोइम्युन रोग थुप्रै हुन्छन् । जस्तै थाइरोइडसम्बन्धी रोगहरू– हसिमोतो थाइरोइडाइटिस, ग्रेभ्स डिजिज तथा छालासम्बन्धी रोग– डरमाटोमायोसाइटिस, पेटसम्बन्धी रोग– सिलियक डिजिज, बाथसम्बन्धी रोग– आर्थराइटिस, एस एल ई आदि । तीमध्ये यस्तै अर्को एउटा मस्तिष्कसम्बन्धी रोग हो अटोइम्युन इन्सेफ्लाइटिस ।

ढाडको पानीको जाँच नेपालका ठूला अस्पतालमा सहजै गर्न सकिन्छ तर यसको जाँच त्यति सहज नहुन पनि सक्छ ।

इन्सेफ्लाइटिसको अर्थ हुन्छ मस्तिष्कको सङ्क्रमण । जुन भाइरस, ब्याक्टेरिया या अन्य प्रकारका रोगाणु वा कुनै अन्य कारक तìवका कारणले गर्दा हुन्छ । तसर्थ अटोइम्युन इन्सेफ्लाइटिसको अर्थ हुन्छ मानव शरीरको मस्तिष्क र यसका कोषविरुद्ध आफ्नै शरीरको रोगसँग लड्ने क्षमताले आक्रमण गर्नु अर्थात् त्यसविरुद्धमा स्वतः रूपमा लड्ने प्रक्रिया विकास भई मस्तिष्क र स्नायुलाई क्षति पु-याउनु । 

मानव शरीरमा कुनै पनि रोग या सङ्क्रमण भएमा त्यस सङ्क्रमणका विरुद्ध लड्ने कोषहरूलाई एन्टिबडी भनिन्छ । यस प्रकारका अटोइम्युन रोगमा आफ्नै शरीरको सामान्य तन्तु तथा कोषहरूविरुद्ध एन्टिबडी विकास भई नयाँ समस्या उत्पन्न हुने गर्दछ । यस्ता एन्टिबडीले शरीरको विभिन्न अङ्गमा आक्रमण गर्ने क्रममा स्नायु तथा मस्तिष्कमा पनि आक्रमण गर्न सक्छ, जुन अटोइम्युन इन्सेफ्लाइटिसमा देखिन्छ । 

अटोइम्युन इन्सेफ्लाइटिस रोगको मुख्य कारक तìव स्पष्ट रूपमा थाहा भएको छैन र यो रोग पारिवारिक या वंशाणुगत कारणले मात्रै पनि हुने देखिँदैन । यो रोग कुनै एक विशेष वर्ग या समूहलाई मात्रै नभई छिटपुट रूपमा कसैकसैलाई मात्रै देखिने गर्दछ । जसलाई स्पोर्याडिक डिजिज (क्उयचबमष्अ म्ष्कभबकभ) भनिन्छ । यो रोग प्रत्यक्ष रूपमा कुनै कीटाणु वा विषाणुको सङ्क्रमणले या चोटपटकले गर्दा पनि हुने होइन । यसमा वातावरणीय कारक तìवहरूको पनि ठूलो भूमिका हुन सक्ने अनुमान गरिएको छ ।

इन्सेफ्लाइटिसको एक प्रमुख कारण र प्रकार भनेको भाइरसका कारणले गर्दा हुने भाइरल इन्सेफ्लाइटिस हो । आजभन्दा २०–२५ वर्षअघि पनि इन्सेफ्लाइटिसका रोगी भेटिन्थे र ती सबै भाइरल इन्सेफ्लाइटिस नै हुन् भन्ने गरिन्थ्यो तर करिब २० वर्षअघि स्नायु र मस्तिष्कमा आक्रमण गर्ने एन्टिबडी पत्ता लागेपछि इन्सेफ्लाइटिस रोगको ठूलो हिस्सा भाइरल प्रकारको मात्रै नभइकन त्यस्ता एन्टिबडीका कारणले हुने अटोइम्युन प्रकारको पनि हुँदो रहेछ भन्ने कुरा जानकारीमा आयो । उदाहरणका लागि करिब १० वर्ष पहिले अमेरिकामा क्यालिफोर्निया इन्सेफ्लाइटिस प्रोजेक्टले ३० वर्ष उमेरभन्दामुनिका इन्सेफ्लाइटिस लागेका बिरामीको अनुसन्धान गर्दा अटोइम्युन इन्सेफ्लाइटिस अन्य कारणले हुने इन्सेफ्लाइटिसभन्दा धेरै भएको पत्ता लगाएको थियो । 


अटोइम्युन इन्सेफ्लाइटिसको निदान निकै कठिन हुन्छ किनकि यस रोगका विभिन्न लक्षण तथा परीक्षण रिपोर्टहरू अन्य प्रकारका इन्सेफ्लाइटिससँग मिल्दाजुल्दा हुन्छन् । त्यसमाथि यो रोग आफैँ एक्लो रोग नभइकन अन्य विविध किसिमका अटोइम्युन रोगसँग मिश्रित रहेको हुन्छ । 

यस रोगका आरम्भिक लक्षणमा सुरुमा टाउको भारी हुने, ज्वरो आउने, बान्ता हुने र अचानक बेहोस हुनेबाट सुरु भई दिमागी क्रिया क्रमशः सुस्त हुँदै जाने, स्मरण शक्तिमा ह्रास आउने, छारेरोग जस्तो शरीर कम्पन भई बेहोस हुने, बोली स्पष्ट नहुने, आँखाको दृष्टिमा समस्या आउनेदेखि मानसिक असन्तुलन हुनेसम्मका हुन सक्छन् । 

अन्य किसिमका इन्सेफ्लाइटिस जस्तै भाइरल इन्सेफ्लाइटिसमा पनि यस्ता किसिमका लक्षण देखा पर्दछन् । जसले गर्दा आरम्भिक अवस्थामा यस रोगको उपचार भाइरल इन्सेफ्लाइटिसको तरिकाले गर्ने तर उपचारले निको नभएपछि अटोइम्युन इन्सेफ्लाइटिसको शङ्का गरी थप जाँच गरिन्छ ।त्यस अर्थमा सही किसिमले परीक्षण र निदान गर्ने हो भने यस किसिमका अटोइम्युन इन्सेफ्लाइटिसका मामिला बढी नै देखिने छन् । 

अटोइम्युन इन्सेफ्लाइटिसमा माथि उल्लेख गरिएजस्तै विशेष किसिमको लक्षण नदेखिन सक्छ अर्थात् अन्य किसिमका इन्सेफ्लाइटिसमा जस्तै लक्षण देखिन सक्छ । तसर्थ लक्षणको आधारमा मात्रै अटोइम्युन इन्सेफ्लाइटिस रोगको निदान गर्न या रोग पत्ता लगाउन सकिँदैन तर लक्षण उस्तै भए पनि लक्षणको प्रवाह र प्रवृत्ति अर्थात् माथि उल्लेख गरिएजस्तै लक्षण कति छिटो राम्रो या खराब हुँदै गएको छ भन्ने कुराले कस्तो प्रकारको इन्सेफ्लाइटिस हो भन्ने बुझाउने गर्दछ ।

अटोइम्युन इन्सेफ्लाइटिस प्रायः विस्तारै बल्झिँदै जाने प्रकृतिको देखिन्छ । यस्तो इन्सेफ्लाइटिस केही महिनासम्म क्रमशः बिग्रिँदै गई पछि दीर्घरोगको रूप लिई वर्षौंसम्म लम्बिने प्रकृतिको हुन्छ । जबकि भाइरल प्रकारको इन्सेफ्लाइटिसको लक्षण अचानक देखापरी छिटै, केही दिनभित्रै रोगको उच्च बिन्दुसम्म पुग्दछ र राम्रो हुँदै गयो भने केही महिनाभित्र निर्मूल हुने गर्छ । 

तसर्थ अटोइम्युन इन्सेफ्लाइटिसको निदान गर्न विशेष परीक्षणको जरुरत पर्दछ । सीटी स्क्यान या एमआरआई अचेल नेपालमा पनि सामान्य रूपमा गरिने जाँच हुन् । यी जाँचबाट विशेष यसै प्रकारको इन्सेफ्लाइटिस हो भनेर निश्चय गर्न नसकिए पनि केही अनुमान लगाउन सकिन्छ र यसबाट इन्सेफ्लाइटिस जटिल अवस्थाको छ कि छैन भनी जानकारी मिल्छ । 

त्यस्तै ढाडको पानी, जुन टाउकोदेखि बगेर ढाडसम्म आएको हुन्छ, उक्त पानीको जाँचबाट इन्सेफ्लाइटिसका बारेमा धेरै कुरा थाहा हुन्छ । ढाडको पानीको जाँच नेपालका ठूला अस्पतालमा सहजै गर्न सकिन्छ तर यसको जाँच त्यति सहज नहुन पनि सक्छ । विशेषगरी माथि उल्लेख गरिएका एन्टिबडी ढाडको पानीमा जाँच गर्नु परेमा त्यसको प्रविधि नेपालका अस्पतालमा उपलब्ध नहुन सक्छ । त्यस्तो अवस्थामा ढाडको पानी निकाली त्यसको नमुना भारतमा पठाउनुपर्ने हुन सक्छ । जसमा खर्च सामान्य जाँचभन्दा धेरै लाग्दछ र रिपोर्ट आउन एक दुई हप्ता समय पनि लाग्न सक्छ । 


इन्सेफ्लाइटिसको उपचार त्यति सहज हुँदैन । केही दशकअघिसम्म पनि यस्ता रोगले मानिस बाँच्न सक्ने सम्भावना निकै कम हुन्थ्यो । इन्सेफ्लाइटिस प्रायः लामखुट्टेको टोकाइले हुने भएकाले ग्रामीण क्षेत्रमा यसको धेरै असर पार्दथ्यो र यसले गर्दा गाउँघरतिर एकैचोटि धेरै मानिसलाई रोग सर्ने पनि हुन्थ्यो । 

तर अचेल जनचेतना अभिवृद्धि, राम्रो स्वास्थ्य सेवा, सुधारिएको जीवनशैली आदिका कारण इन्सेफ्लाइटिसको उपचार सहज बन्दै आएको र यसको अन्तिम नतिजा पनि राम्रो हुँदै गएको छ । अटोइम्युन इन्सेफ्लाइटिसको उपचार त्यति सहज भने हुँदैन । अन्य किसिमका भाइरल इन्सेफ्लाइटिसको उपचार गर्न भाइरस मार्ने औषधि, एन्टिभाइरल औषधिका साथै मस्तिष्कलाई बचाउने, मस्तिष्कको सुजन घटाउने अन्य औषधि दिएपछि राम्रो लाभ मिल्छ । 

तर अटोइम्युन इन्सेफ्लाइटिसको हकमा त्यति मात्रैले पनि पुग्दैन अथवा एन्टिभाइरल या एन्टिबायोटिक्सले मात्रै काम गर्दैन । त्यसका लागि शरीरमा मस्तिष्कविरुद्ध जुन एन्टिबडी बनेको हुन्छ त्यसलाई नियन्त्रण गर्नुपर्दछ । त्यसका लागि इम्युनोथेरापीको उपचार गर्नुपर्ने हुन्छ । अटोइम्युन इन्सेफ्लाइटिसमा कारक एन्टिबडी एकैनासका हुँदैनन् । त्यस्ता धेरै प्रकारका एन्टिबडी हालसम्म पत्ता लागेका छन् र ती सबैका आ–आफ्नै इम्युनोथेरापी हुन्छ । 

इम्युनोथेरापी एक पटक मात्रै गरेर नपुग्ने पनि हुन सक्छ र यसको प्रयोग पटक–पटक गर्नुपर्ने तथा लामै समयसम्म गर्नुपर्ने हुन सक्छ । त्यसमाथि इम्युनोथेरापीमा प्रयोग हुने औषधि जसलाई इम्युनोग्लोबुलिन्स भनिन्छ, त्यो नेपालमा सजिलै उपलब्ध नहुन पनि सक्छ । उपलब्ध भएमा पनि यसको मूल्य धेरै हुन्छ ।