• २६ असोज २०८१, शनिबार

कतार विश्वकपका कीर्तिमान

blog

कतार आयोजक राष्ट्र भई समूह चरणको पहिलो खेल गुमाउने पहिलो राष्ट्र बन्यो । यस्तै क्षेत्रफल (११,५७१ वर्गकिमि) र जनसङ्ख्या (२९ लाख)को हिसाबले पनि विश्वकप आयोजना गर्ने सबैभन्दा सानो मुलुक बन्यो– कतार ।

कतार विश्वकपमा लियोनेल मेसीको नाममा धेरै कीर्तिमान स्थापित भयो । विश्वकपको इतिहासमा सायदै एउटै खेलाडीको नाममा यति धेरै कीर्तिमान बन्यो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, जर्मनीका लोथार माथियास, मेक्सिकोका एन्टोनियो कार्बाजल र राफाइल माक्र्वेजजस्तै पाँचवटा विश्वकप खेल्ने खेलाडी बन्नुभयो मेसी । यसका साथै कतार विश्वकपसम्म २६ खेल खेलेर जर्मनीका लोथर माथियास (२५ खेल)को कीर्तिमान पनि उहाँले तोेड्नुभयो ।

मेसीले कतार विश्वकपमा सात गोल गरेर सिल्भर बुट जित्नुभयो । यसअघि अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने गाब्रियल बाटिस्टुटाको कीर्तिमान उहाँले तोड्नुभएको हो । चारवटा विश्वकप (२०१० विश्वकपबाहेक)मा गोल गर्ने उहाँ पहिलो अर्जेन्टिनी खेलाडी बन्नुभयो । विश्वकपको इतिहासमा सर्वाधिक गोल (१६) गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुनुहुन्छ । हालसम्म १३ गोल गर्नुभएका मेसी अहिले चौथो स्थानमा हुनुहुन्छ । समूह चरणदेखि नकआउट चरण (फाइनल खेलसमेत)सम्म गोल गर्ने पहिलो खेलाडी पनि उहाँ बन्नुभयो भने पाँचवटा विश्वकपमा ‘एसिस्ट’ गर्ने पहिलो खेलाडी बन्नुभयो । 

यसैगरी मेसी विश्वकपमा ‘एसिस्ट’ गर्ने युवा (सर्बियाविरुद्ध २००६ विश्वकपमा १८ वर्ष) एवं पाका खेलाडी (मेक्सिको विरुद्ध २०२२ विश्वकपमा ३५ वर्ष) बन्नुभयो । अर्जेन्टिनाका लागि सर्वाधिक १७ पटक कप्तानको आर्मब्यान्ड दिइयो । डिएगो म्याराडोनालाई भने १६ पटक आर्मब्यान्ड दिइएको थियो । उहाँ दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी बन्नुभयो । धेरै खेल (११ खेल)मा गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोजसँगै उहाँ बराबरी हुनुभयो । धेरै खेलमा र एकै विश्वकपमा क्रमशः ११ खेल र पाँच खेलमा ‘प्लेयर अफ द म्याच’ बन्नुभयो ।

अर्जेन्टिना समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग दुईका विरुद्ध एक गोलले हार्नुअघि ३६ खेलमा अपराजित थियो । २०१० विश्वकपमा स्पेनजस्तै अर्जेन्टिना समूह चरणको पहिलो खेलमा पराजित भई विश्व विजेता बन्ने दोस्रो राष्ट्र बन्यो भने आफ्नो पहिलो खेल गुमाएर विश्वकप फाइनल पुग्ने पाँचौँ राष्ट्र बन्यो । सेमिफाइनलमा सर्वाधिक हार नबेहोर्ने (पाँच पटक) राष्ट्र पनि बन्यो।

घानाविरुद्ध दुईका विरुद्ध तीन गोलले पोर्चुगल विजयी भएको खेलमा पेनाल्टी गोल गरेसँगै पोर्चुगलका क्रिस्चियानो रोनाल्डो पाँचवटा विश्वकप (२००६–२०२२)मा गोल गर्ने पहिलो खेलाडी बन्नुभयो । यसका साथै मेसीजस्तै पाँचवटा विश्वकप खेल्नुभएका रोनाल्डो विश्वकपमा पोर्चुगलका लागि गोल गर्ने युवा (२००६ विश्वकपमा गोल गर्दा २१ वर्ष १३२ दिन) एवं पाका खेलाडी (३७ वर्ष २९२ दिन) पनि बन्नुभयो तर त्यसको केही दिनपछि स्विट्जरल्यान्डविरुद्ध एकका विरुद्ध छ गोलले विजयी भएको प्रि–क्वार्टर फाइनल खेलमा पोर्चुगलका पेपेले ३९ वर्षको उमेरमा गोल गरी क्यामरुनका रोजर मिल्ला (४२ वर्ष)पछिका विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी बन्नुभयो । उक्त खेलमा प्रख्यात खेलाडी क्रिस्चियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो भने तिनको स्थानमा आएका गोन्कालो रामोसले आफ्नो डेब्यु खेलको १७ मिनेटमै पहिलो गोल र ह्याट्रिक पनि गर्नुभयो । 

यस्तै यो विश्वकपमा फ्रान्सका किलियन एमबाप्पे विश्वकप १९९६ (इङ्गल्यान्डका जिओफ हस्र्ट)पछि फाइनल खेलमा ह्याट्रिक गर्ने खेलाडी बन्नुभयो । लगातार दुइटा फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि उहाँ बन्नुभयो । फाइनलमा एकभन्दा बढी गोल गर्ने पाँचौँ खेलाडीका रूपमा उहाँको कीर्तिमान रह्यो । एमबाप्पेले सर्वाधिक गोल (आठ गोल) गरेर गोल्डेन बुट पनि जित्नुभयो । २४ वर्षको उमेरमै विश्वकपमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान पनि उहाँले तोड्नुभयो । 

फ्रान्सका ओलिभर जिरुले इङ्गल्यान्डविरुद्धको क्वार्टर फाइनलमा गोल गरेर फ्रान्सका सर्वाधिक गोलकर्ता (५३ गोल) बन्नुभयो । उहाँले थियरी हेनरीको कीर्तिमान (५१ गोल) तोड्नुभयो । फ्रेन्च गोलरक्षक ह्युगो लोरिसले सर्वाधिक १४५ खेल खेलेर लिलियन थुराम (१४२ खेल)को कीर्तिमान तोड्नुभयो । त्यसैगरी ट्युनिसियाविरुद्ध खेलेका स्टिभ मान्डान्डा फ्रेन्च टोलीबाट विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी (३७ वर्ष २४७ दिन) बन्नुभयो । स्पेनका जर्सी नं. ९ का गाबी कतार विश्वकपमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बन्नुभयो । कोस्टारिकाविरुद्धको खेलमा उहाँ गोल गर्दा १८ वर्ष ११० दिनको हुनुहुन्थ्यो । स्पेन एकै खेलमा सर्वाधिक गोल गर्ने राष्ट्र बन्यो । 

यो विश्वकपमा आठ टोलीले आफ्नो पहिलो खेल गोलरहित बराबरीमा टुङ्ग्याए । विश्वकपमा यो आपैmँमा कीर्तिमान हो । नकआउट चरणमा पनि निर्धारित समयसम्म इङ्गल्यान्ड र अमेरिकाबीच तथा क्रोएसिया र बेल्जियमबीचको खेल पनि गोलरहित बराबरीमै टुङ्गिए । यसरी इङ्गल्यान्डले गोलरहित बराबरी खेलको सङ्ख्या २२ पु¥याएर इटाली (२१ खेल)लाई उछिन्यो ।

क्रोएसियाका ईभान पेरिसिकले प्रि–क्वार्टरफाइनल खेलमा जापानविरुद्ध गोल गरेर विश्वकपमा क्रोएसियाका लागि १० गोल गरेर डाभोर सुकरसँगको कीर्तिमान बराबरी गर्नुभयो । नेदरल्यान्डका कोडी ग्याक्पो समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो डच खेलाडी बन्नुभयो । पोल्यान्डका रोबर्ट लेवान्डोवस्कीले साउदी अरेयिबाविरुद्ध गोल गरी आफ्नो गोल खडेरी तोड्दा निकै भाबुक बन्नुभयो । यसअघि मेक्सिकोविरुद्धको खेलमा समूह चरणको पहिलो खेलमा पेनाल्टी गोल गर्न चुक्नुभएको थियो । वेल्सविरुद्धको खेलमा मार्कस ¥यासफर्डले गरेको व्यक्तिगत दोस्रो गोल इङ्गल्यान्डका तर्पmबाट विश्वकपमा भएको एक सय गोल साबित भयो । विश्वकपमा इङ्गल्यान्डको तर्पmबाट पहिलो गोल स्टान मोर्टेनसेनले १९५० विश्वकपमा गर्नुभएको थियो । विश्वकपको इतिहासमा सयभन्दा बढी गोल गर्ने राष्ट्र ब्राजिल, जर्मनी, अर्जेन्टिना, इटाली, फ्रान्स र स्पेन हुन् ।

घानाबाट खेल्नुभएका इनाकी विलियम्स र स्पेनबाट खेल्नुभएका निको विलियम्स विश्वकपको इतिहासमा पहिलो पटक एकै पटक फरक राष्ट्रबाट खेल्ने दाजुभाइ हुन् । कतार विश्वकपमा ट्युनिसियाका वाहबी खाजरीको एक मात्र गोलले फ्रान्स पराजित भयो । यसअघि २०१८ विश्वकपमा बेल्जियम र पानामा विरुद्ध पनि गोल गर्नुभएका वाहबी विश्वकपमा लगातार तेस्रो खेलमा गोल गर्ने पहिलो अफ्रिकी खेलाडी बन्नुभयो ।

नेदरल्यान्डविरुद्ध गोल गर्नुभएका इक्वेडरका इनर भ्यालेन्सिया आफ्नो राष्ट्रका लागि विश्वकपमा लगातार छ गोल गर्ने चौथो खेलाडी बन्नुभयो । आफ्नो समूह चरणको अन्तिम खेलको अन्तिम समयमा क्यामरुनका भिन्सेन्ट अबाउबेकरले गोल गरी ब्राजिललाई पराजित ग¥यो । ब्राजिल शून्यका विरुद्ध एक गोलले हार्नुअघि १७ खेल अपराजित थियो । खेल अवधिमै पहेँलो कार्ड पाउनुभएका अबाउबेकर यो गोलबाट यति उत्साहित हुनुभयो कि दोस्रो पहेँलो कार्ड पाई मैदानबाट बाहिर जानुपर्ने हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सर्ट फुकालेर खुसी मनाउनुभयो । विश्वकपमा क्यामरुन ब्राजिललाई पराजित गर्ने हालसम्मकै एक मात्र अफ्रिकी राष्ट्र बन्यो । मोरक्को सेमिफाइनलसम्म पुग्ने एवं चौथो स्थान हासिल गर्ने पहिलो अफ्रिकी मुलुक बन्यो । मोरक्कोका कोच वालिद रेग्रागुईले तीन महिनाअघि मात्र उक्त जिम्मेवारी वहन गर्नुभएको थियो ।

विश्वकपको इतिहासमा फ्रान्सकी स्टेफानी फ्राप्पार्ट पुरुष विश्वकप खेलाउने पहिलो महिला रेफ्री बन्नुभयो । उहाँले जर्मनी र कोस्टारिकाबीचको समूह चरणको खेल खेलाउनुभएको थियो । यसअघि उहाँ मेक्सिको र पोल्यान्डबीचको खेलमा पनि चौथो अफिसियलका रूपमा हुनुहुन्थ्यो । अर्जेन्टिना र नेदरल्यान्डबीचको क्वार्टरफाइनल खेलमा स्पेनिस रेफ्री एन्टोनियो लोहोजले खेलभरि १८ वटा पहेँलो कार्ड देखाउनुभयो; जुन विश्वकपमा कीर्तिमान नै भयो ।

उहाँले बेन्चमा रहेका अर्जेन्टिनी कोच लियोनेल स्कोलानी र उहाँका सहायक वाल्टर सामुएललाई पनि पहेँलो कार्ड देखाइदिनुभयो । नेदरल्यान्डका डेन्जेल डम्फ्रिजलाई दुईटा पहेँलो कार्ड देखाएका कारण थप समयको इन्जुरी टाईम (१२८’)मा मैदानबाहिर पठाउनुभयो । यसअघि २०१० विश्वकपमा स्पेन र नेदरल्यान्डबीचको खेलमा १४ वटा पहेँलो कार्ड देखाइएको थियो । वेल्सका गोलरक्षक वायने हेनेस्से कतार विश्वकपमा रेडकार्ड पाउने पहिलो तथा विश्वकपको इतिहासमा गोलरक्षकमध्ये तेस्रो खेलाडी बन्नुभयो ।

१९३४ विश्वकपदेखि सहभागिता जनाउन थालेको जर्मनीले १९३८ विश्वकपपछि पहिलो पटक समूह चरणका लगातार दुई खेल जित्न सकेन । २०१८ विश्वकपमा जस्तै लगातार दोस्रो पटक कतार विश्वकपमा समूह चरणबाटै बाहिरियो । विश्वकपको इतिहासमा हालसम्म ८१ राष्ट्रले सहभागिता जनाउने मौका पाएका छन् । यस पटक क्यानडाका अल्फोन्सो डेभिसले क्रोएसियाविरुद्ध यस विश्वकपकै छिटो गोल (७० सेकेन्ड) गरेर विश्वकपमा गोल गर्ने राष्ट्रको सङ्ख्या ७६ पु-यायो । विश्वकपको इतिहासमा कम प्रतिशत समय बल होल्ड (१७.७ प्रतिशत) गरेर पनि जापानले समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनमाथि एकका विरुद्ध दुई गोलले विजय प्राप्त ग-यो ।

कतार विश्वकपमा जम्मा १७२ गोल (२.६९ गोल प्रतिखेल) भए । विश्वकपको इतिहासमा सर्वाधिक गोल भएको कतार विश्वकप सबै राष्ट्रले कम्तीमा एक गोल गरे भने क्यानडाले पहिलोचोटि गोल ग-यो । यो विश्वकपमा पहिलो गोल इक्वेडरका इनर भ्यालेन्सियाले गर्नुभयो भने अन्तिम गोल फ्रान्सका किलियन एमबाप्पेले थप समयमा प्राप्त पेनाल्टी किकमार्पmत गर्नुभयो । यस विश्वकपको फाइनलमा जम्मा छ गोल भयो; जुन आपैmँमा हालसम्मको कीर्तिमान भयो ।