• १४ वैशाख २०८२, आइतबार

रेसुङ्गाद्वारा तीन विधेयक पारित

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले विभिन्न विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । नगरपालिकाको १२ औँ नगर सभाबाट विभिन्न विधेयक पारित गर्नुका साथै केही शीर्षकमा बजेट संशोधन समेत गरिएको हो । 

नगरप्रमुख खिल ध्वज पन्थीको अध्यक्षतामा आयोजित १२ औँ नगर सभाले तीन विधेयक पास गरेको छ । विधायन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले सभामा तीन विधेयक प्रस्तुत गर्नुभयो । उहाँले विपद् जोखिम तथा व्यवस्थापन विधेयक २०७९, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक २०७९ र जलस्रोत विधेयक २०७९ गरी तीन वटा विधेयकको प्रस्ताव प्रस्तुत गर्नुभयो । 

प्रस्तुत सबै विधेयकहरू निर्णयार्थ सर्वसम्मतिले पारित गरिएको छ । नगरप्रमुख खिल ध्वज पन्थीले १२ औँ नगर सभामा आर्थिक वर्ष २०७९र०८० को हालसम्म भए गरेका सम्पूर्ण प्रगतिको बारेमा जानकारी गराउनुभयो । उहाँले समुन्नत नगर र विकास निर्माणको हरेक क्षेत्रमा देशकै उत्कृष्ट एवम् नगरपालिका बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।