• १ वैशाख २०८१, शनिबार

आमाशयको क्यान्सर

blog

बोलीचालीको भाषामा आमाशयलाई पेट भनिन्छ । अझ थप प्रस्टताका लागि आममानिसले पाठेघरलाई तल्लो पेट भनेर बुझ्ने हुनाले आमाशयलाई सायद माथिल्लो पेट भन्नु उपयुक्त होला । जे भए पनि आमाशयको सतही कोषबाट आमाशयको क्यान्सर विकसित हुन्छ । आमाशयको क्यान्सरलाई पनि कुनचाहिँ कोषबाट सुरु भएको हो त्यसको आधारमा एडेनोकार्सिनोमा, लिम्फोमा र मेसेन्काइमल ट्युमर भनेर वर्गीकरण गरिएको हुन्छ ।

विश्वमा आमाशयको क्यान्सर पाँचौँ मुख्य क्यान्सर हो भने क्यान्सरबाट हुने मृत्युको तेस्रो मुख्य कारकमा पर्दछ । पूर्वी एसिया र पूर्वी युरोपमा पनि तुलनात्मक रूपमा आमाशयको क्यान्सरका मामिला बढी छन् । त्यसमाथि जापान र दक्षिण कोरियामा आमाशयको क्यान्सरको समस्या झन् बढी छ । त्यसैले त्यहाँ यो समस्याका लागि नियमित रूपमा स्क्रिनिङ गरिन्छ । 

स्क्रिनिङ भन्नाले रोग लाग्नुपूर्व नै रोगको प्रारम्भिक लक्षणहरू छ, छैन एवं यसका लागि कतिपय प्रयोगशाला परीक्षण गराइन्छ । त्यसो भएर पनि होला अमेरिकामा यो क्यान्सर लागिसकेपछि उपचार गरे पनि पाँच वर्षसम्म बाँच्ने सम्भावना ३२ प्रतिशत मात्र छ भने दक्षिण कोरियामा ६५ प्रतिशत र जापानमा ७० प्रतिशतभन्दा बढी छ । 

लक्षण चिह्न

आमाशयको क्यान्सर प्रायः लक्षण चिह्नरहित वा अलि बृहत् खालको लक्षण चिह्नयुक्त हुन्छ । जसले गर्दा आमाशयको क्यान्सर समयमै पत्ता लगाउन, क्यान्सरको सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । अर्को अर्थमा लक्षण चिह्नसहितको यो क्यान्सर पत्ता लाग्ने बेलासम्म समय निकै घर्किसकेको हुन्छ । जसले गर्दा शल्यक्रियालगायतका सहज उपचार गर्न मिल्ने सम्भावना कम हुन्छ ।

यो क्यान्सर लाग्दा बिनाकारण वाकवाकी लाग्ने, उल्टी आउने, आलोपालो झाडा लाग्ने वा कब्जियत हुने, शारीरिक तौल क्रमशः घट्दै जाने हुन्छ । यी त भए आमाशयको क्यान्सर हो कि भनेर आशङ्का गर्न मिल्ने खालका लक्षण चिह्न । आमाशयको क्यान्सरको आरम्भतिर अर्थात् क्यान्सर आमाशयभन्दा अन्यत्र फैलिनसकेको बेलामा खाना अमन हुने, अपच हुने तथा मुटु पोल्ने समस्या हुन्छ । खाना अमनको हकमा मांसाहारी व्यक्तिमा मुख्यतः मासुका परिकार पनि खान मन नलाग्ने हुन्छ ।

तथ्याङ्ककै कुरा गर्दा ५० व्यक्तिमध्ये एकभन्दा कम मानिसमा खाना नपचेकै कारण इन्डोस्कोपी गर्दा आमाशयको क्यान्सर पत्ता लाग्ने गरेको छ । क्यान्सर अलि अन्यत्र पैmलिसकेको अवस्थामा कमजोरी हुने, आलस्य हुने, खाना खाएलगत्तै डकार आइरहने, माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ । आमाशयको क्यान्सर कलेजो, फोक्सो, हड्डी, पेटको सतह, लिम्फनोडमा पनि पैmलिन सक्छ ।

आमाशयको क्यान्सरको थप विस्तारले शारीरिक तौल घट्ने, रगत बान्ता हुने, दिसामा रगत देखापर्ने, कालो दिसा (रगत पचिसकेको अवस्थामा), रक्तअल्पता हुने, खाना निल्न गाह्रो हुने (आमाशयको घाँटीमै ट्युमर पलाएको वा आमाशयको क्यान्सर खाद्यनलीसम्म फैलिएको अवस्थामा) पुग्छ । फैलिएको ठाउँको आफ्नो छुट्टै लक्षण चिह्नहरू पनि देखा पर्न सक्छ ।

जोखिम तìव

खासमा आमाशयको क्यान्सर धेरैथरीका जोखिम तìवको समुच्च प्रभावले हुने हुन्छ । महिलामा बढी हुने इस्ट्रोजिन हर्मोनले जोगाउने हुनाले एवं महिलाहरू खाने मामिलामा अलि सजग रहने कारणले हुन सक्छ तर आमाशयको क्यान्सर पुरुषलाई बढी हुने गरेको छ । आमाशयको क्यान्सर हुन ६० देखि ८० प्रतिशतमा हेलिकोब्याक्टर पाइलोरी नामको व्याक्टेरियाको सङ्क्रमण आवश्यक हुने भए पनि हेलिकोब्याक्टर पाइलोरीबाट सङ्क्रमित करिब दुई प्रतिशतमा मात्र आमाशयको क्यान्सर विकसित 

भएको देखिन्छ ।

यो ब्याक्टेरियाको निरन्तर सङ्क्रमणपछि आमाशयको सतहमा आउने परिवर्तनका कारण वा यो कीटाणुले उत्पादन गर्ने हानिकारक तìवका कारण आमाशयको क्यान्सर हुने अनुमान गरिएको छ । हेलिकोब्याक्टर पाइलोरीका अतिरिक्त इप्स्टिन बार भाइरसका कारण बर्सेनि एक लाख मानिसलाई आमाशयको क्यान्सर हुने गरेको छ । साथै एचआईभी सङ्क्रमण वा एड्सले पनि यो क्यान्सरको जोखिम बढाउँछ ।

अर्को मुख्य कारक भनेको धूमपान वा सुर्ती सेवन हो । अचाक्ली धूमपान गर्नेमा यस्तो जोखिम दोब्बरले बढ्न जान्छ । धूमपानले हुने आमाशयको क्यान्सर बढीजसो खाद्यनलीसँगै जोडिएको आमाशयको माथिल्लो भागमा हुन्छ । रक्सी सेवन अर्थात् मद्यपानले पनि आमाशयको क्यान्सरको जोखिम बढाउँछ ।

खानासँग ठ्याक्कै आमाशयको क्यान्सर हुनुको सम्बन्ध पाइएको चाहिँ छैन तर पनि पोलेको, डढाएको, अत्यधिक नुनिलो, अमिलो खानेकुराका साथै रातो मासु एवं प्रशोधित मासुबाट आमाशयको क्यान्सर हुने सम्भावना बढ्छ । अर्कोतिर ताजा फलफूल, अमिलो खालको फलफूल (कागती, सुन्तला आदि), एन्टिअक्सिडेन्टयुक्त खानेकुराले यसको जोखिम घटाउँछ ।

त्यसैगरी भूमध्यसागरीय क्षेत्रका परिकार र एस्पिरिन नामक औषधिको सेवनले पनि यसको जोखिम कम हुन्छ । मोटोपना भएकामा आमाशयको क्यान्सर हुने जोखिम दुई गुणा छ । मोटोपनाले माथिल्लो पेट थिचिन गई ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) गराएर क्यान्सरको जोखिम बढाउने अनुमान छ । खानपानमा आयोडिनको कमी  र आमाशयको क्यान्सरबीच सम्बन्ध पाइएको छ ।

करिब १० प्रतिशत परिवारमा अर्थात् आनुवंशिक रूपमा यो क्यान्सर सर्ने गरेको पाइएको छ । यसका साथै मधुमेह, जीर्ण खालको ग्यास्ट्राइटिस, भिटामिन बी १२ को कमीमा हुने पर्निसियस खालको रक्तअल्पताका कारण पनि आमाशयको क्यान्सर हुने गर्दछ ।

आमाशयको क्यान्सरको निदान गर्न प्रभावितसँगको विस्तृत विवरणसँगै शारीरिक जाँचपछि कतिपय प्रयोगशाला परीक्षण आवश्यक पर्दछ । इन्डोस्कोपी भनिने परीक्षण मुखबाट दूरबिन छिराई पेटको अन्तरकुन्तर 

हेरिसकेपछि शङ्कास्पद ठाउँबाट मासुको नमुना, बायोप्सी लिइन्छ । बेरियम नामको सेतो रङको केमिकल खान दिएर पृथक् खालको एक्सरे लिएर पनि यो क्यान्सरको निदान गरिन्छ ।

वर्गीकरण र उपचार

आमाशयको भित्री सतहमा मात्र सीमित रहनेदेखि नजिकका अङ्ग, लिम्फनोड भनिने आमाशयको लिम्फ (सेतो रगत बहने) जक्सन वा टाढाका अङ्गसम्म यो क्यान्सर फैलिसकेको छ भन्ने आधारमा यो क्यान्सरको वर्गीकरण गरिन्छ । यही वर्गीकरणको आधारमा उपचारका प्रक्रिया निर्धारण गरिन्छ ।

आमाशयको क्यान्सर समयमै वा आरम्भिक अवस्थामै पत्ता लगाउन नसकिएको खण्डमा निको पार्न गाह्रो हुन्छ । आरम्भिक अवस्थामा पत्ता लगाएर शल्यक्रियाका माध्यमबाट उपचार गर्न पाए प्रभावित लामो समय बाँच्ने सम्भावना हुन्छ । शल्यक्रियाका अतिरिक्त  केमोथेरापी, रेडियोथेरापी एवं टार्गेट थेरापीबाट पनि उपचार गर्न सकिन्छ । टार्गेट थेरापीमा क्यान्सर कोष विकसित हुन र ट्युमर वृद्धि हुन आवश्यक पर्ने निश्चित अणुहरूमा विचलन ल्याई क्यान्सरको निर्मूल गरिन्छ । यस थेरापीबाट क्यान्सर कोषको वृद्धि नै रोक्दछ ।

कतिपय आमाशयको क्यान्सरमा इम्युनोथेरापी पनि वैकल्पिक उपचारका रूपमा दिइन्छ भने ढिलो भइसकेको अर्थात् धेरै नै फैलिसकेको अवस्थामा प्रभावितलाई जेनतेन जीवनयापन सहज होस् भनेर लाक्षणिक स्याहार (प्यालियाटिभ केयर) मात्र दिइन्छ ।

रोकथाम एवं पछिल्लो स्थिति सन् २०१८ मा आमाशयको क्यान्सरका दस लाख नयाँ मामिला थपिए भने करिब आठ लाखको यसै कारण मृत्यु भयो । विगतमा खानेकुरा साँचेर राख्न अमिल्याएर वा अत्यधिक नुनमा प्रशोधित गरेर राख्नुपथ्र्यो भने रेफ्रिजेरेटरको प्रादुर्भावसँगै तथा धूमपान गर्ने मानिसको सङ्ख्यामा कमी आएसँगै आमाशयको क्यान्सर घटिरहेको देखिन्छ ।

माथि उल्लेख गरेझैँ हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमणको समयमै उपचार गर्ने गर्नाले आमाशयको क्यान्सरको जोखिम घट्छ । सन् २०१४ मा कोरियाली जनतामा गरिएको एक अध्ययनबाट फलफूलको सेवन, च्याउ, लसुन, भटमास तथा हरियो प्याज रहेको खानेकुरा खानाले 

आमाशयको क्यान्सरको जोखिम घटेको पाइएको थियो । स्वस्थ खानाका साथै भिटामिन एवं एन्टिअक्सिडेन्टको थप मात्राले पनि आमाशयको क्यान्सरबाट बच्न सकिन्छ । á