• १४ माघ २०७९, शनिबार

ललितपुर महानगरप्रमुख महर्जनद्वारा डा.सन्दुकलाई बधाइ ज्ञापन

blog

इसा अवार्ड प्राप्त नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बधाइ तथा शुभकामना दिनुहुँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन ।

ललितपुर, माघ १० गते । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले इसा अवार्ड प्राप्त नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई भेटेर बधाइ तथा शुभकामना दिनुभएको छ । महर्जन मङ्गलबार तिलगंगा आँखा प्रतिष्ठान पुग्नुभएको हो ।

भेटमा डा. रुइतले ललितपुर महानगरमा भएको विकासको चर्चा गर्दै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा महानगरले उदाहरणीय काम भएको दाबी गर्नुभयो ।

रुइतले नेपालको दूर दराजका बस्ती र गाउँमा पुगेर अहिलेसम्म मोतीबिन्दुको समस्या भएका लाखौँको शल्यक्रिया गर्दै आउनुभएको छ । देश विदेशमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर उहाँलाई चिनिन्छन् । रुइतले पाउनुहुने नगद राशि १० लाख डलर अर्थात् झण्डै १३ करोड आठ लाख रुपियाँ रहेको छ ।

यो पुरस्कार हरेक दुई वर्षमा संसारभरका मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थामध्येबाट छनौट गरी प्रदान गरिने ‘अवार्ड’ (पुरस्कार) हो ।