• ९ फागुन २०८०, बुधबार

ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), माघ १२ गते । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आउने पर्यटकको सुविधाका लागि ग्लोबल आईएमई बैङ्कले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टर सञ्चालनमा आएसँगै बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका बासिन्दासमेत लाभान्वित हुनेछन् । 

बुधबार तातोपानीमा ग्लोबल आईएमई बैङ्कको ६३औँ एक्सटेन्सन काउन्टरको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभयो । काउन्टर सञ्चालनमा आएपछि कुण्डमा स्नान गर्न आउने पर्यटकलाई बैङ्किङ सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताउनुभयो । ग्लोबल आईएमईका महेश सिलवालले सबै जिल्ला र व्यावसायिक केन्द्रमार्फत सर्वसाधारणलाई वित्तीय पहुँचमा राख्ने बैङ्कको लक्ष्य रहेको बताउनुभयो ।