• १३ वैशाख २०८१, बिहिबार

युनाइटेडको सानदार जित

blog

गोल गरेपछि खुशी मनाउँदै युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ १२ गते । म्यानचेस्टर युनाइटेडले कारबाओ कप (इएफएल) फुटबलमा नटिङहम फरेस्टमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युनाइटेडले नटिङहम फरेस्टलाई उसकै मैदानमा ३–० गोलले हरायो ।

यस जितसँगै युनाइटेडले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । युनाइटेडको जितमा मार्कुस रासफोर्ड, वोउट वेगह्रस्ट र ब्रुनो फर्नान्डेनले गोल गर्नुभयो । पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थपेको थियो ।

रासफोर्डले छैटौँ मिनेटमा गोल गर्दै युनाइटेडको उत्साह जगाउनुभएको थियो । ४५औँ मिनेटमा वेगह्रस्टले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८९औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । दोस्रो लेग अर्को साता युनाइटेडको मैदानमा हुनेछ ।

अर्को सेमिफाइनल खेलको पहिलो लेगमा न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले हरायो । न्युक्यासलको जितमा जोलिन्टनले ७३औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । अव दोस्रो लेग साउथह्याम्पटनको मैदानमा अर्को साता हुनेछ । एजेन्सी