• ९ फागुन २०८०, बुधबार

सत्यकुराको परिपालन सन्देश

blog

मृत्युञ्जयी उपदेशका प्रचलित नीति–श्लोकलाई मानवीय सभ्यताको विधान पनि भनिन्छ । डा. टी.पी. बराकोटीद्वारा लिखित २०७९ सालमा प्रकाशित ‘जीवनोपयोगी सुभाषित नीति–श्लोक सङ्ग्रह’ यतिखेर यसको उदाहरण बनेको छ । सृष्टि चराचरका सर्वश्रेष्ठ प्राणी मानव जाति नीति नियममा सीमाबद्ध रहन र सत्य कुराको परिपालनमा हर्दम उत्प्रेरित हुने भएकाले यसको महत्व धेरै छ । 

‘पुष्पे गन्धं तीले तैलं काष्ठेऽग्नि पयसी घृतम्

इक्षौ गुडं तथा देहे पश्याऽत्मानं विवेकतः ।’

फुल्दो, फक्रिँदो, मग्मगाउँदो र लहरिँदो जीवन आनन्दपूर्वक बाँच्न सधैँ अभिप्रेरित गर्ने प्रस्तुत नीति–श्लोक सङ्ग्रहमा उधृत चाणक्य नीतिले पनि यही सन्देशलाई पुष्टि गर्छ । पूmलमा बास्ना, तीलमा तेल, दाउरामा आगो, दूधमा घिउ, उखुमा खुदो(गुड) भए जस्तै विवेकपूर्ण शरीरमा पनि आत्मा छ । त्यो आत्मालाई सधैँ दिव्यदृष्टिले हेर्ने चेष्टा गरौँजस्ता कालजयी उपदेशका थुँगाहरूको सिङ्गो माला हो, प्रस्तुत नीति–श्लोक सङ्ग्रह । सत्यकुरालाई सधैँ उजागर गर्न अभिप्रेरित गर्दै ७७७ वटा संस्कृत श्लोकको एकद्वार दस्तावेजका रूपमा संस्कृत साहित्यमा यसरी नीति–श्लोक सङ्ग्रहको आगमन हुनु सुखद पक्ष हो । आठौँ अन्तर्राष्ट्रिय योग दिवस २१ जुन २०२३ को पावन अवसरमा प्रकाशित यस सङ्ग्रहको मूल सन्देश जीवन सौभाग्य दुर्भाग्यको नियमित चक्रमा फनफनी घुमिरहने नित्य तालिका हो । जीवनमा आकस्मिक रूपमा आइपर्ने अनिष्ट संयोगबाट समयमै सजगतापूर्वक छलिन सङ्ग्रहभित्रका नीति–श्लोकको अध्ययनले सक्रिय भूमिका निर्वाह गर्छ । 

नीति–श्लोक सङ्ग्रह आद्योपान्त अध्ययन गर्दा धेरै उपयोगी ज्ञान, उपदेश, नियम भेट्टाउँछौँ । अनि दुर्भाग्य जम्काभेटका कुइनेटाबाट होसियारीपूर्वक अग्रीम रूपमा छलिँदै सुभाषित जीवन बाँच्न यसले सहयोग पु¥याउँछौँ । यही नै सङ्ग्रहको सन्देश हो । सुभाषित नीति–श्लोकहरू र शास्त्रीय सन्दर्भलाई बेग्लाबेग्लै गरी दुई खण्डमा विभाजित यो सङ्ग्रह ऐश्वर्य दोभान सङ्गम पनि हो । 

सङ्ग्रह कसरी तयार हुन पुग्यो भने विशेष अवसरमा पिताजीले सुनाउनु भएका र स्वयम् सङ्कलनकर्ता योग साधनामा प्रशिक्षकको जिम्मेवारीमा पुग्दा संस्कृतका नीति–श्लोकमाथि मोह बढ्दै जान्छ । आपूmभित्र हुर्किएको त्यही मोहकै फलस्वरूप सङ्ग्रहले पूर्णता पाएको रहस्य सङ्कलनकर्ता बराकोटीले खुलाउनु भएको छ । पाँच वर्षको अनवरत तपस्याबाट सङ्ग्रहले पूर्णता पाउँदा सङ्कलनकर्ता जति खुसी हुनुहुन्छ, आपूmलाई नीतिश्लोक सङ्कलनमा अभिप्रेरित गर्नु हुने पितालाई जीवितै अवस्थामा यो कोसेली टत्र्mयाउन नसकेकोमा उहाँ त्यत्तिकै पश्चातापमा हुनुहुन्छ । प्रातः स्मरणीय श्रद्धेय पिता हरिप्रसाद पौड्यालप्रति डा. टी.पी. बराकोटीले पितृ अर्चनास्वरूप यो नीति–श्लोकलाई समर्पित गर्नुभएको छ । पिताजीको मृत्युले आफूमाथि बज्रिएको पीडाबोध खुलाएर पाठकीय सहानुभूति पनि उहाँले बटुल्नु भएको छ । 

संस्कृत विद्वान् नवराज लामिछानेको संस्कृत अनुष्टुप छन्द श्लोकको मीठो शुभकामना, नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति गङ्गाप्रसाद उप्रेतीको शुभकामना, प्रखर विद्वान् एवं प्राचार्य वाल्मीकि विद्यापीठका प्रा.डा. भागवत ढकालको शुभेच्छा मन्तन्व्यले नीति–श्लोक सङ्ग्रहको ओज थपेको छ । साथै पतञ्जलि योग समिति नेपालको बधाई सन्देशले सङ्ग्रहको गरिमा चुलिएको छ । यति गहकिलो सङ्ग्रह पठनीय, जीवनोपयोगी, ज्ञानगङ्गा आर्जनको नवीन पाहुर हो । ज्ञान, उपदेश, नियम, आचरणलाई बुझेर हामी यस सङ्ग्रहबाट लाभान्वित बन्न सक्छौँ । हिन्दु शास्त्र नीतिहरू वेद, गीता, उपनिषद्, पुराण, रामायण, महाभारत, चाणक्य नीति, विदुर नीति, भर्तृहरि नीति, हितोपदेश, पञ्चतन्त्र, मनुस्मृति, हठयोगप्रदीपिकाबाट दीक्षित बन्न यस सङ्ग्रहले सघाउँछ । 

अनुष्टुप छन्दमा उधृत सङ्ग्रहभित्रका सबै श्लोकलाई कण्ठस्थ गर्दै त्यसको सारलाई अँगाल्न सके जीवनोपयोगी कर्म गर्नमा हामी सफल हुनेछौँ । सत्यकुराको परिपालन सन्देशको नजिरतुल्य जीवनोपयोगी प्रस्तुत नीति–श्लोक सङ्ग्रह हाँसी हाँसी ज्ञान आर्जन गर्न सकिने सन्तुष्टिको खुला द्वार पनि हो । यति गहन र खँदिलो आत्मज्ञानको अथाह सागर सङ्कलनमा बारकोटीले ठूलो परिश्रम गर्नुभएको छ ।

पाठकीय अध्ययन सहजका लागि स्वर व्यञ्जन वर्णानुक्रममा सन्दर्भ सूची समाविष्ट गरिएको छ । ४२० पृष्ठभन्दा माथि तन्किँदै कपडाको रातो आवरण पृष्ठमा सङ्ग्रह सजिएको छ । छपाइ स्तरीय छ । मूल्य ७७५/– रुपियाँ तोकिएको छ । यति अमूल्य ‘जीवनोपयोगी सुभाषित नीति–श्लोक सङ्ग्रह’ शीर्षक माला समयमै अध्ययन गरेर सन्देशमूलक सत्यकुराको परिपालक बन्न सकौँ । अथाह ज्ञान सागरको रसपानमा डुबुल्किँदै खुसीपूर्वक रमाऔँ, हाँसौँ र सुकर्ममा अभिप्रेरित हुन सकौँ ।