• १५ जेठ २०८०, सोमबार

फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, चैत १० गते । फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्म लिम्बू समुदायमा रहेको जारीप्रथाको कथामा आधारित छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले चलचित्रको कथा लिम्बू समुदाय बाहेकका समुदायमा पनि सान्दर्भिक रहेको बताउनुभयो । 

फिल्ममा उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन छ ।

वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा निर्माता रामबाबु गुरुङ हुनुहुन्छ । फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।