• १५ जेठ २०८१, मङ्गलबार

४० प्रतिशत छुटमा पुस्तक प्रदर्शनी

blog

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीमा राखिएका पुस्तक ।

काठमाडौं, वैशाख ६ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हातहातमा पुस्तक’ पुर्‍याउने उद्देश्यसहित ४० प्रतिशत छुटमा पुस्तक प्रदर्शनी सुरु गरेको छ । ३९ औँ प्राज्ञ सभा तथा नयाँ वर्ष २०८० को उपलक्ष्यमा सुरु गरिएको प्रदर्शनीको शुभारम्भ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलका अनुसार प्रज्ञाबाट प्रकाशित साहित्यिक पत्रिका, शब्दकोश र पुस्तक गरी छ सयभन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको छ ।

शब्दकोशमा १५ प्रतिशत र अन्य पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनीमा दुई रुपियाँदेखि तीन हजार ३०५ रुपियाँ मूल्यको शब्दकोश राखिएका छन् । घरघरमा पुस्तक पुर्‍याउन छुट प्रतिशत बढाइएको र यसले पठन संस्कृतिको विकासमा टेवा पुग्ने प्रदर्शनी व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । प्रदर्शनी वैशाख १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।