• २५ जेठ २०८०, बिहिबार

प्रत्यक्ष प्रसारण

प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री र सांसदबीच सवाल–जवाफ

blog

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक । फाइल तस्बिर

काठमाडौं, जेठ १२ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (शुक्रबार) संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १३ औँ बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने छ ।