• ३० असार २०८१, आइतबार

ट्युनिसिया सेनाको हेलिकोप्टर बेपत्ता

blog

ट्युनिस, जेठ २५ गते । चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकोप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ‘हिजो (बुधवार) साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकोप्टरसँग सञ्चार विच्छेद  भएको छ,’ यो एक सेनाको विज्ञप्तिमा भनिएको छ ।

विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा  स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको छ । ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा थुप्रै विमानहरू गुमाएको छ।

सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो । उक्त दुर्घटनाको आधिकारिक अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन । रासस/एएफपी