• २४ कात्तिक २०८१, शनिबार

कृषि पर्यटनबाट समृद्धि सम्भव छ

blog

काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब २० किलोमिटर दक्षिणमा बेथानचोक गाउँपालिका अवस्थित छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछि पहिलो वर्षमा गरेका काम र भावी कार्यक्रमका विषयमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीसँग गोरखापत्रका केदार तिमल्सिनाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

तपाईं अध्यक्षमा निर्वाचित हुनुभएको एक वर्ष पूरा भएको छ, यो अवधिमा निर्वाचनका बेला गर्नुभएका प्रतिबद्धता कति पूरा गर्नुभयो ? 

हामीले यो एक वर्षको अवधिमा निर्वाचनको समय र निर्वाचनपछिका सङ्कल्प अनुसार पहिलो चरणका काम पूरा गरेका छौँ । हामी कुनै राजनीतिक दललाई पाखा नलगाई हरेक, टोल र भेग, सबै क्षेत्र र पक्षलाई समेटेर अगाडि बढेका छौँ । गाउँपालिकावासी गाउँपालिकाका हरेक कार्यव्रmममा सहभागी हुनुभएको छ । गाउँपालिकाले आफ्नै लगानीमा वार्षिक पाँच किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको थियो । हामीले पहिलो वर्षमा पाँच किलोमिटर सडक कालोपत्रे र ढलानको काम गरेका छौँ । सङ्घीय र प्रदेश सरकारको कामसमेत जोड्दा यो वर्ष साढे सात किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । ४० वर्षमाथिका सबै नागरिकको पूरा शरीर जाँच सुरु गरेका छौँ । एक घर, एक धारा कार्यव्रmम अन्तर्गत करिब डेढ सय घरपरिवारमा मात्रै धारा पुग्न बाँकी छ ।

गाउँपालिकाले सडक पूर्वाधारमा निकै खर्च गर्दै आएको छ नि ? 

गाउँपालिकाले दिगो विकासका लागि राम्रो सडक निर्माणमा बजेट खर्च गरेको छ । स्तरीय सडक नभएसम्म किसानको उत्पादन बजारसम्म जान नसक्ने, बिरामीलाई अस्पतालसम्म पु¥याउन नसक्ने र सहज रूपमा आवतजावत गर्न नसक्ने भएकाले सडकका लागि धेरै रकम खर्च गरेका हौँ । 

शिक्षा क्षेत्रमा कस्ता कार्यव्रmम अगाडि बढाइएको छ ? 

गाउँपालिकाले शिक्षक दरबन्दीको समस्यालाई न्यूनीकरण गर्न अध्यक्षसँग घुम्ती स्वयम्सेवक कार्यक्रम सुरु गरेको छ । यहाँ योग, नृत्य, खेलकुद र अन्य विषयका शिक्षक राखेर अतिरिक्त व्रिmयाकलाप गराउँदै आएका छौँ । पहिलो वर्ष हामीले मेडिकल विषय पढ्ने विद्यार्थीलाई दुई लाख, इन्जिनियर पढ्नेलाई एक लाख र अन्य विधाका उत्कृष्ट विद्यार्थीलाई ५० हजार रुपियाँ छात्रवृत्ति दिने कार्यक्रम अगाडि सा-यौँ । शोधपत्र तयार गर्ने एउटा विद्यार्थीलाई एक लाख रुपियाँ सहयोग गर्ने कार्यव्रmम अगाडि सारेका छौँ । 

कृषि तथा पशुपालन यहाँका जनताको मुख्य आयआर्जन र रोजगारीको माध्यम हो । यस क्षेत्रमा कस्ता कार्यव्रmम ल्याइएका छन् ? 

हामीले पशुको निःशुल्क कृत्रिम गर्भाधान सुरु गरेका छौँ । यहाँका किसानले एउटै पशुको गर्भाधानका लागि पाँच हजार रुपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता रहेकाले हामीले निःशुल्क कृत्रिम गर्भाधानको काम सुरु गरेका हौँ । महामारीका रूप लिएको ‘लम्पी स्किन’ रोगको रोकथामका लागि गाउँपालिकाको विपत् कोषबाट खरिद गरी निःशुल्क खोप लगाउने र पशु बिमाको कार्यव्रmम सुरु गरी ६० प्रतिशत प्रिमियम गाउँपालिकाले तिरिदिने गरेका छौँ । बँदेल र बाँदरले बाली नष्ट गरेपछि किसानलाई राहत पु-याउन गाउँपालिकाले बाली बिमाको कार्यव्रmम अगाडि बढाएको छ । युवा पुस्तालाई विदेश जानबाट रोक्न र आधुनिक कृषि फार्म विकास गरी गर्न पाँच प्रतिशत सहुलियत ब्याजदरको कार्यव्रmम अगाडि बढाइएको छ । यो कार्यव्रmम अन्तर्गत किसानलाई २० लाख रुपियाँसम्म सहुलियत ऋण उपलब्ध गराउन वित्तीय संस्थासँग छलफल अगाडि बढाएका छौँ । 

स्थानीय समस्या समाधानमा सङ्घ र प्रदेशको सहकार्य र समन्वय कस्तो रहेको छ ?  

सङ्घ र प्रदेशले नीति निर्माण गर्दा त्यस क्षेत्रको गहन अध्ययन र अनुसन्धान गरी कार्यव्रmम स्थानीय तहमा पठाउनु आवश्यक देखिन्छ । स्थानीय तह, सङ्घ र प्रदेशले समस्यामा रहेका जनताको भावना केन्द्रित गरेर कार्यव्रmम बनाउनु आवश्यक छ । सङ्घ र प्रदेशले सोचेभन्दा फरक प्रकृतिका समस्या स्थानीय तहमा छन्  । यसलाई चिर्न तीनै तहबिच समन्वय र सहकार्य आवश्यक छ । 

बेथानचोक गाउँपालिका पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र हो । पर्यटनको विकासका लागि के कस्ता काम भइरहेका छन् ? 

बेथानचोक गाउँपालिका महाभारत पर्वत शृङ्खलामा रहेकाले यसलाई पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना छ । तीनतले झरना, शिवपार्वती गुफा, नारायणथान, कपेर महाँकाल, तिलेश्वर महादेव र ब्राह्मण डाँडालाई पर्यटन क्षेत्रका रूपमा विकास गरी रोजगारी, आयआर्जन र राजस्व वृद्धि गर्न सकिन्छ । बेथानचोक नारायणस्थानसम्म जाने केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गर्न निजी क्षेत्रसँग कुरा अगाडि बढाएका छौँ । 

काठमाडौँ विश्वविद्यालयसँग मिलेर सुरुङ मार्ग निर्माणको अध्ययन गर्दै हुनुहुन्थ्यो, के हुँदै छ ? 

बेथानचोक भएर अन्य स्थानीय तह जाने तथा प्रदेश राजधानी जाने बाटोमा हरेक वर्ष आउने सुक्खा पहिरोले गर्दा नागरिकले सास्ती बेहोर्नु परेपछि हामीले सुरुङ मार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन गर्न काठमाडौँ विश्वविद्यालयसँग आग्रह गरेका हौँ । गाउँपालिकाले १० लाख र केयुले ९० लाख रुपियाँ बराबरको बौद्धिक सम्पत्ति खर्च गरेको छ । दातृ निकायको खोजी गरेर सुरुङ मार्ग निर्माण गर्दै  ‘टनेल पर्यटन’ को आरम्भ गर्न यसले सहयोग गर्ने छ । केयुले सुरुङ मार्गको डिपिआरको काम अन्तिम चणमा पु-याएको जानकारी पाएका छौँ । 

समृद्ध बेथानचोकका लागि यहाँका योजना के के छन् ? 

बेथानचोकको विकासका लागि दिगो सडक र कृषि र पर्यटनलाई मिलाएर कृषि पर्यटनको विकास गर्नु आवश्यक छ । यसबाट नै बेथानचोकको समृद्धि र विकास सम्भव छ ।  त्यसका लागि प्राज्ञिक प्रयोगशालाका रूपमा सुरुङ मार्गलाई अगाडि बढायौँ, कतै पर्यटन विकासका लागि केबुलकारको सम्भावनालाई हेरेका छौँ । कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै योजना अगाडि बढाएका छौँ । दिगो सडक पूर्वाधारको विकास, होटल, होमस्टेका लागि निजी क्षेत्र आकर्षित भएर होटल, रिसोर्ट बनाएकोमा उनीहरूलाई प्रोत्साहित गर्न सडक र बिजुली पु-याउने काम गाउँपालिकाले गर्ने छ  । वन पर्यटनको विकास गर्ने, गाउँपालिकाभित्र रहेको कपेर महादेवलाई गढी पर्यटनका रूपमा विकास गर्ने लक्ष्य रहेको छ । अध्ययनबाट पाँच पाण्डव खोपासी, सलाँदु बगर हुँदै नारायणस्थानमा लामो समय वनबास बसेको कुरा पत्ता लागेको छ । यसलाई प्रचारप्रसार गर्न सकेमा छिमेकी मुलुकका पर्यटक ल्याउन सक्छौँ ।