• १२ असोज २०८०, शुक्रबार

गायक कार्कीको ‘एकै पल्ट’मा सुशान्त र साक्षीको अभिनय

blog

काठमाडौं, भदौ २९ गते। गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

गायक कार्कीको अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भर्नुभएको हो। जसमा फणिन्द्र राईको एरेन्ज रहेको छ। 

प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ।

यात्राको क्रममा देखभेटपछि झांगिदै गएको प्रेमलाई निर्देशक  सुब्रत आचार्यले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ।  

र्याम्प हुँदै  म्यूजिक भिडियोमा व्यस्त सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकीलगायतका भिडियो बजारमा आइसकेका छन्। सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गर्नुभएको हो भने कलरिङ र सम्पादनमा विष्णु खड्काले मेहनत गर्नुभएको छ।