• ३० असार २०८१, आइतबार

नइलाई डा. उपाध्यायबाट पाँच लाख

blog

काठमाडौं, भदौ ३१ गते । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको हो ।

नइ प्रकाशनको बैठकले डा. कपिलदेव उपाध्यायको योगदानको सम्मान गर्दै जेहनदार विद्यार्थीको हित हेतु नइ कपिल विद्या पदकको स्थापना गर्ने निर्णय गरेको छ । तीस हजार रुपियाँ राशिसहित नइ कपिल विद्या पदक हुम्लाका सरकारी विद्यालयबाट कक्षा १२ मा सर्वोत्कृष्ट हुने एक जना छात्रालाई हरेक वर्ष प्रदान गरिने छ ।