• १२ असोज २०८०, शुक्रबार

कांग्रेस नेता निधिद्वारा प्रदेश विकासमा आपसी खिचातानी नगर्न आग्रह

blog

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै कांग्रेस नेता विमलेन्द्र निधि । तस्विर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, भदौ ३१ गते । नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधाम लगायत मधेश प्रदेशको विकासमा सरोकारवाला निकायलाई आपसी खिचातानी नगरी समझदारीमा सक्रिय भएर लाग्न अनुरोध गर्नुभएको छ । 

प्रेस युनियन धनुषा जिल्ला कार्यसमितिद्वारा आइतबार जनकपुरधाममास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य निधिले केही समयययता जनकपुरधाम लगायत प्रदेशको विकासमा आन्तरिक खिचातानीका कारण विकामा आएका बाधाहरुलाई पन्छाउँदै सरोकारवाला निकाय विकासका कार्यमा सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । 

उहाँले लामो समयदेखि ओझेलमा परेको भारत सरकारले घोषणा गरेकोे एक सय करोड रुपियाँ दिनका लागि विधिवत् प्रस्ताव माग गरिएको छ । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिका र प्रदेश सरकार सक्रिय भएर लागेको छ । त्यसमा सबैले समर्थन जनाउँदै समथ सहयोग गर्न आग्रह गर्नुभयो । 

जनकपुरधाम उपमहानगरपालिकामा राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुनु प्रदेशको लागि मात्र नभर देशकै लागि गौरवको विषय हो भन्नुहुँदै नेता निधिले प्रदेशमा निर्माण हुने सम्पूर्ण गौरवका योजनाहरुलाई सफल बनाउन सरोकारवाला निकायहरुलाई सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो । 

लोकतन्त्र पुनः स्थापना र जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको स्थापना हुनु मधेशको लागि ठुलो उपलब्धिका रुपमा रहे पनि आफैंमा खिचातानीका कारण उक्त उपलब्धिहरु ओझेलमा पर्दै गएको उल्लेख गनुहुँदै उहाँले भन्नुभयो, “भारत सरकारले उक्त रङ्गशालाका लागि प्रस्ताव माग गरेपछि प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले सक्रियता देखाएको छ ।” उक्त सक्रियतामा सम्पूर्ण सरोकारवाला निकायले पनि सक्रियता देखाउन आवश्यश रहेको उल्लेख गर्नुभयो ।  

यसै क्रममा पूर्व उपप्रधानमन्त्री निधिले गठबन्धनमा देखिएका असन्तुष्टि स्वाभाविक रहेको बताउनुहुँदै असन्तुष्टिका बावजुद विगतमा भएका सहमति अनुसार नै गठबन्धनको सरकार चल्ने निश्चय रहेको बताउनुभयो । 

उक्त पत्रकार सम्मेलनमा निधिले राष्ट्रपति रामचन्द्र पौडेलको जानकी मन्दिर दर्शनका लागि असोज ८ गते जनकपुरधाम आउने कार्यक्रम रहेको जानकारी दिनुभयो । साथै उहाँले यसअघि मौसमका कारण स्थगित राष्ट्रपति पौडेलको गर्नुभयो । 

प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा आयोजित उक्त पत्रकार सम्मेलनमा कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार, प्रदेश सांसद रामसरोज यादवलगायतको उपस्थिति थियो ।