• १२ असोज २०८०, शुक्रबार

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

blog

जनार्जन खत्री 

सर्लाही, असोज १ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका-८, औरहीका ३० वर्षीय मुकेश महतोको आफ्नै एकतले घरको छतबाट खसेर मृत्यु भएको हो । 

आइतबार मध्यरातमा घरको छतमा पुगेका महतो माथिबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको थियो । अस्पताल ल्याउँदा महतोलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

यस्तै, जिल्लाको कौडेना गाउँपालिका-३, मा पोखरीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ । सोही ठाउँका चन्दन पासवानका छोरा ४ वर्षीय रितिक पासवानको पोखरीमा डुबेर मृत्यु भएको हो । 

पोखरीको डिलमा खेल्ने क्रममा बालक स्थानीय हरिदेव चौधरीको पोखरीमा डुबेका थिए । बालकलाई गाउँकै स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।