• ३० कात्तिक २०८१, शुक्रबार

एपीएफद्वारा खेलाडीको बिदाइ

blog

काठमाडौं, असोज २ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एसियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।

खेलाडीलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमबिच बिदाइ गरिएको हो । असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउ सहरमा सञ्चालन हुने एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन वन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपीएफका चार जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष विश्व बम मल्ल तथा सङ्घका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।