• १८ मंसिर २०८०, सोमबार

प्रदेश विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना बन्दै

blog

हेटौँडामा आयोजना गरेको बागमती प्रदेश विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्ट्ेललगायतका सहभागी । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्ट्ेलले डोजरे विकासले पछिल्लो समय समस्या निम्त्याएको बताउनुभएको छ ।

उहाँले पछिल्लो समय गाउँघरमा देखिएको बाढी पहिरोका अधिकांश विपत् घटना डोजरे विकासका कारण भएको बताउँदै हाम्रो विकास निर्माणका तरिका ठीक नभएकोले त्यसले विपत् निम्त्याउने गरेको बताउनुभयो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको बागमती प्रदेश विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० को मस्यौदामाथि छलफल कार्यक्रममा उहाँले प्रदेशमा विपत् व्यवस्थापनसम्बन्धी ऐन निर्माणपछि केही काम भए पनि ती पर्याप्त नरहेको बताउनुभयो । 

उहाँले विपत्को समयमा उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायलाई सबल बनाउनु आवश्यक भएको बताउनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङ, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, वन तथा वातावरणमन्त्री मसिना खड्का, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यय लगायतले प्राकृतिक प्रकोप पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 

साथै दुर्घटना र महामारीबाट धनजनको क्षति हुनेक्रम बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न विपत् न्यूनीकरण योजनामा समेट्न कार्यक्रमका सहभागीहरुले सुझाएका थिए ।