• १७ मंसिर २०८०, आइतबार

३३ औँ ज्येष्ठ नागरिक दिवस मनाउन महानगरको अनुरोध

blog

काठमाडौं, असोज ९ गते । काठमाडौँ महानगरपालिकाले ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सबै वडामा अनुरोध गरेको छ ।

महानगरको सामाजिक विकास विभाग प्रमुख गोपाल प्रसाद पोखरेलका अनुसार आउँदो असोज १४ गते ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारको विश्वव्यापी घोषणा गरिएका वाचा गरौँ’ भन्ने नाराका साथ मनाउन आह्वान गरिएको छ ।

उहाँले सो दिवस मनाइसकेपछि त्यसको प्रतिवेदन एक प्रति सामाजिक विकास विभागमा उपलब्ध गराउन समेत अनुरोध गरिएको जानकारी दिनुभयो ।